काठमाडौं |प्रधानमन्त्री समेत भइसकेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आफ्नो विरुद्ध सुनियोजित षड्यन्त्र भइरहेको दाबी गरेका छन्। हालै बसेको एमाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै ओलीले ओली आफुबाट भएका गल्ति स्वीकारेनन् बरु चारवटा शक्तिहरूले मिलेर पार्टी र नेतृत्वविरुद्ध कुप्रचार चलाइरहेको आरोप लगाउदै दोष अरुलाई थुपारेका छन् ।

‘गोयबल्स शैलीमा हमला’
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ मा ओलीको भनाइ उल्लेख छ, “हाम्रा विरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कूप्रचारमा लागेका छन्। उनीहरू गोयबल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुरुपयोग गरिरहेका छन्।”
उनले पार्टीपंक्तिलाई दृढतापूर्वक प्रतिवाद गर्न निर्देशन दिएका छन्।

ओलीको विश्लेषण अनुसार चार किसिमका शक्ति यसप्रकार छन्:
देशभक्तिपूर्ण अडान मन नपर्ने विदेशी प्रभुत्ववादी शक्ति:
नेपालमा देशभक्त नेतृत्व कमजोर पार्न चाहने स्वार्थ समूह सक्रिय रहेको ओलीको दाबी छ।

राजसंस्था पुनःस्थापनाको सपना देख्ने प्रतिगामी शक्ति:
यी शक्तिहरू एमालेका कारण आफ्ना योजना असफल भएको ठानी हमला गरिरहेको उनले बताएका छन्।

वाम आन्दोलनको नेतृत्व गुमाएको विपक्षी वामपन्थीहरू:
ओलीका अनुसार सत्ता राजनीतिको “म्याजिक नम्बर” हराएको ठान्ने यी शक्तिहरू अराजनीतिक र आपराधिक ढंगबाट छद्म आक्रमण गरिरहेका छन्।

नयाँ वैकल्पिक शक्ति निर्माणको प्रयास गरिरहेका समूहहरू:
लोकप्रियतावाद र अराजकतावादको सहारामा अघि बढ्न खोज्ने यस्ता समूहहरू एमालेलाई बाधक ठानी कुप्रचार गरिरहेको ओलीको विश्लेषण छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय