
नवलपुरको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा आज बिहान एक युवक हामफालेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अनुमानित २० देखि २२ वर्ष उमेरका अज्ञात युवक गैँडाकोटस्थित नारायणी पुलबाट नदीमा हामफालेका हुन्। उनी पुलबाट हामफालेको जानकारी प्राप्त भएको हो।
युवकको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा युवकको साइकल र चप्पल भेटिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बल १७ नं गण, आँपटारी चितवनबाट खटिएको ९ जनाको गोताखोर टोलीले खोजी कार्य गरिरहेको छ।
प्रहरीका अनुसार हालसम्म युवक फेला परेका छैनन्। नारायणी नदीमा पानीको बहाव तेज भएकाले खोजीमा कठिनाइ भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।