latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
मंगलबार , भाद्र ३१, २०८२

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २४ क्यारेट (छापावाल) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँ कायम भएको हो।

यसअघि साउन १८ गतेपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो। सो दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार भने २४ क्यारेट (छापावाल) सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, २२ क्यारेट सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण रहेको थियो।

सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय