latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन १० गते राति अचानक बेपत्ता भएका उर्मिला हायूका परिवारलाई कास्की प्रहरीले अन्ततः आफन्तको जिम्मा लगाएको छ।

पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा सोमबार राति भेटिएका उनीहरूलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो। जिम्मा लगाउने प्रक्रिया वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायत स्थानीयको रोहबरमा सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

१६ भनिए पनि १९ जना भेटिए
शुरुमा एकै परिवारका १६ जना बेपत्ता भएको भनिएको भए पनि पोखरामा भेटिएका संख्या १९ पुगेको छ। भेटिएकामध्ये तीनजना हायू परिवारका नातेदार रहेको कास्की प्रहरीले जनाएको छ।

उनीहरू गत शनिबार मध्यराति सिन्धुलीको बलेनीबाट भ्यानमार्फत पोखरातर्फ हिँडेका थिए। उनीहरू पोखराको लेकसाइडस्थित एक होटलमा एक रात बसेपछि गगनगौंडा पुगेका थिए। त्यहाँ स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेका उनीहरूले आफूहरू ज्यामी काम खोज्न आएको भन्दै शरण लिएका थिए।

“छेत्पामा बिरामी हुने गथ्र्यौं”
प्रहरीसँगको सोधपुछमा उनीहरूले छेत्पाको बसाइ स्वास्थ्यका दृष्टिले असहज भएको जनाएका छन्।
“हामी त्यहाँ पटक–पटक बिरामी हुन्थ्यौं। अस्पताल जान कठिन, चामल ल्याउन पनि २४ घण्टा लाग्थ्यो,” उनीहरूले प्रहरीसँग भनेका थिए।

उनीहरूले घर फर्कन नमानेपछि प्रहरीले उनीहरूलाई सीधै फर्काउने निर्णय नगरी आफन्तको जिम्मा लगाएको हो। हाल उनीहरू पोखरामै आफन्तको साथमा बसेका छन्।

व्यापक खोजीपछि भेटिए
एकैपटक ठूलो संख्यामा मानिस हराएको सूचना पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासन सक्रिय बनेको थियो। खोजीका क्रममा उनीहरू पोखरामा फेला परेपछि घटना सार्वजनिक भएको हो।

घर एकान्तमा रहेको र उनीहरूले केही पशु चौपाया समेत छाडेर हिँडेकाले गाउँलेहरूलाई उनीहरू बेपत्ता भएको कुरो ढिलो मात्र थाहा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय