latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार खोज्न समस्या भएको छ । घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले बताए ।

उनले हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए । १६ जना हराए पनि १८ जनाको भत्ता निकासा भएको र सो रकम ८ लाख रूपैयाँभन्दा बढी हुन जान्छ ।

वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिरमात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिलाको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए । उनले वरपर पाखातिर खोज्ने काम भइरहेको बताएका छन् ।

घटनास्थलमा रहेका वडाध्यक्ष श्रेष्ठले सोमबार अपरान्ह २ बजे नेपाल प्रेससँग टेलिफोन सम्पर्कमा १६ जना बेपत्ता प्रकरणबारे यसरी सुनाए-

उर्मिला माझीको श्रीमान् गत वर्ष बित्नुभएको थियो । उहाँको जेठो छोरा वैदेशिक रोजगारीबाट हालैमात्र घर फर्किएको मैले थाहा पाएँ । चार दिनअघि बैठकबाट सामाजिक सुरक्षा भत्ता एकमुष्ट बुझेर लगेका थिए । उर्मिला माझीको परिवारले १८ जनाको भत्ता बुझेको हो । महिनाको ४ हजारको दरले एक वर्षको एकजनाको ४८ हजार हुन्छ । १८ जनाको कति भयो मैले अहिले ठ्याक्कै हिसाब गर्न सक्दिन । अब यो परिवार किन हरायो ? कहाँ गयो ? कसैले भवितव्य पो गरेको हो कि ? केही भन्न सकिन्न । कहिले हराएको हो पनि भन्न सकिएन । किनकी घरभन्दा पारी एउटा गोठमा पाडो बाँधेको रहेछ । तीन दिनदेखि पाडोलाई घाँस पानी गर्न कोही नगएपछि आज नजिकको दाइले घरमा आएर हेर्दा कोही देख्नुभएनछ ।

उहाँहरूको घरबाट अरु घर जान १५ मिनेट लाग्छ । मूलबाटोमा पनि नपर्ने भएकाले कसैले थाहा पाएन । अब उहाँहरू तीन दिनदेखि हराएको हो कि, हिजो राति हराएको हो कि,केही घटना भयो भन्ने बुझिएन । घरमा बाँधेका गाइबस्तु भोकले कराएका छन् । कुखुरा बाख्रा पनि छन् । तीन दिनअघि बोको पनि बेच्नु भएको रहेछ । घरमा अलिकति आगो लागेको छ । आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन् । सुँगरको मासु २ धार्नी जति अँगेनाकै छेउमा रहेछ । बैंक र सहकारीमा अलिकति ऋण थियो भन्ने सुनिन्छ । केही प्लान गरेर हिँडेका हुन् वा कुनै विपत्ति आएको हो भन्ने अहिले नै भन्न सकिएन । उर्मिलाको छोरा, बुहारी, नाति नातिना, छोरीहरूसहित एकै परिवारका १६ जना सदस्य बेपत्ता छन्, अहिलेसम्मको अपडेट यही हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय