latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय