latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

ललितपुरको बालकुमारीमा आज बिहान सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको मिनी ट्रकले पैदल हिँडिरहेकी युवतीलाई ठक्कर दिँदा घटनास्थलमै गम्भीर घाइते भएकी उनलाई अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार बिहान साढे ४ बजे तिर बा ४ ख २४७७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो। उनको पासपोर्ट अनुसार स्थायी ठेगाना काभ्रे जिल्ला मात्र उल्लेख गरिएको छ। विस्तृत ठेगाना भने हालसम्म खुलेको छैन।

प्रहरीका अनुसार गम्भीर घाइते अवस्थामा सुस्मितालाई तत्काल बी एन्ड बी अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा बिहान ४:४३ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनापछि ट्रकका चालक, सिन्धुपाल्चोक बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय