latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेम बहादुर केसी अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छन् ।

केही दिनअघि नागरिक सुनुवाइ तथा परिचयात्मक कार्यक्रममा दिएको भाषण सार्वजनिक भएपछि डा. केसीको प्रशंसा चुलिएको हो । जिल्ला कमाण्ड सम्हाल्न पुगेका डा. केसीले परिचयात्मक कार्यक्रममा आफू जनताको सेवक भएको भावनात्मक शैलीमा सम्बोधन गरेका थिए ।

उनको उक्त सम्बोधनले सामाजिक सञ्जालमा चर्चा बटुलेको हो । जनताको करबाट रोजीरोटी चलाएको भन्दै उनले आफू जनताको नोकर भएको बताए । उनले भने, “म जनताको कर खाएर रोजगारीमा छु, म जनताको नोकर हुँ । सेवा गर्न आएको हुँ ।”

उक्त कार्यक्रममा उनले प्रहरीको सक्रिय सहभागितामा तीन दिनमै लगभग १० किलोमिटर सडक निर्माण गरिएको जानकारी गराए ।

“मैले आफ्नै कमाण्डमा ५० जना प्रहरी परिचालन गरेर सडक बनाइरहेको छु,” उनले भने । २५ किलोमिटर बाटो बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

सिर्जनशील र सेवामुखी सोचसहित प्रस्तुत भएका डा. केसीले गरिबीकै कारण कसैको झुपडी भत्किन लागेको अवस्थामा पनि प्रहरी सहयोगका लागि तत्पर रहेको घोषणा गरे।

“यदि कोहीसँग घर छैन, झुपडी भत्किन लागेको छ भने नेपाल प्रहरीलाई सम्झनुहोस्। दुईवटा गाडी प्रहरी लिएर सात दिनभित्र बनाइदिन्छु,” उनले भने ।

कार्यक्रममा उनले देशमा कोही ठूलो छ भने त्यो ‘जनता’ नै भएको स्पष्ट पारे। “देशमा प्रधानमन्त्री पनि छैन, राष्ट्रपति पनि छैन, सबैभन्दा ठूलो यदि कोही छन् भने त्यो जनता हुन्,” उनले भने ।

जनताको लागि जस्तोसुकै मूल्य चुकाउनु परे पनि आफू तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय