
आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् । बानियाँ बागमतीका सभापति पनि हुन् । बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाल प्रेसलाई बताए । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री लामालाई हटाउन हटाउन अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका चार मन्त्रीले केहीबेरअघि राजीनामा दिएका थिए ।
लामालाई हटाउन उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन ड्राफ्ट तयार पारी ह्वाट्सएपमार्फत राजीनामा दिएका थिए ।
मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ ।