latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका एक युवककी प्रेमिकालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । आत्महत्या दुरुत्साहनको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

केही दिनअघि रिनेश घिमिरे नाम गरेका युवकले फेसबुकमा लेखेको सुसाइड नोट केहीबेरमा नै भाइरल भएको थियो । लगत्तै उनले झुण्डिएर आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले आफ्नी प्रेमिकालाई आरोपित गरेका छन् ।

उनले तीनवटा तस्बिरहरु हाल्दै लेखेका थिए, ‘बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया ।’

यो पोस्टमा कमेन्ट गर्दै रिनेशकी प्रेमिकाले आफू स्वयम् मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताएकी थिइन् । रिनेशको यही सुसाइड नोटका आधारमा प्रहरीले दोलखा घर भई काठमाडौं नयाँ बजारमा बस्ने २५ वर्षीया युवतीलाई पक्राउ गरेको हो । आमासँग बसिरहेकी उनी टिकटकमा लाइभ बस्ने गर्थिन् । आमाले सानोतिनो व्यापार व्यवसाय गर्छिन् ।

युवतीलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीमाथि आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

युवतीले प्रहरीसँगको बयानमा आफू स्वयम् पीडित भएको बताएकी छन् । आफू पहिले अर्कैसँग प्रेममा रहेकाेर रिनेशले जबर्जस्ति गरेर आफुतिर तानेकाे उनकाे बयान छ । रिनेशले आफूलाई जतिबेला पनि मरिदिन्छु भनेर घुर्की लगाउने गरेको उनले बताएकी छन् ।

युवतीका अनुसार आत्महत्या गरेकोभन्दा अघिल्लो रात उनीहरु सँगै थिए । राति ९-१० बजेसम्म आफ्नै कोठामा बसेको र कुटपिटसमेत गरेर फर्केको उनको बयान छ ।

युवतीले प्रहरीसँग भनेकी छन्, ‘मलाई पिटेर जानुभयो, भोलिपल्ट एक्सक्युज गर्नुहोला भनेको केही पनि गर्नुभएन । उल्टै यस्तो गर्नुभयो ।’

जतिबेला पनि मरिदिन्छु भने पनि आत्महत्या गर्ने नठानेको उनले बताएकी छन् ।

ललितपुरको चापागाउँ घर भएका रिनेश बुवाआमाका एक्ला छोरा हुन् । उनी २७ वर्षका थिए । आर्थिकस्तर ठिकठाक नै थियो । उनी ढोलाहिटीमा मोबाइल पसल सञ्चालन गर्थे । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् । उनले प्रेमिकासँग बनाएका दर्जनौं भिडिओहरु टिकटकमा भेटिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय