latest
बुधबार राति करिब १० बजे २२ वर्षीया श्रीमतीको हत्या  ||    चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद  ||    बिहान पशुपतिमा पैसा बाँडे, साँझ प्रहरी फन्दामा परे, टिकटकमा यस्तो भिडियो हालेपछि निगरानीमा थिए चक्रे  ||    चक्रे मिलनलाई हिजो पक्राउ नगरेको भए एलओडीमा हुन सक्थ्यो ठुलो झडप  ||    यसरि एकैरातमा गुण्डा नाईके चक्रे मिलन सहित ४७ जना गुण्डा पक्राउ परे  ||    भोलि देखि देशभरि भारि बर्षा हुने  ||    Breaking: काठमाडौँमा ‘गुण्डा अपरेसन’: चक्रे मिलनसहित ४७ भन्दा बढी गुण्डा पक्राउ  ||    इन्काउन्टरमा मारिने डरले बुलेटप्रुफ ज्याकेट, कोई बोल्योकी गोदी हाल्ने  ||   
शुक्रबार , साउन १७, २०८२

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक विवरणअनुसार रूसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३।८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो । त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरूले बताएका छन् ।

विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए । रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान शुरु गरेको छ ।

दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए । कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बले विमान समुद्रको चट्टानी भागमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी दिए । यो रुटमा विगतमा पनि हवाई दुर्घटना हुने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय