latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

हनी ट्रयापमा पारेर आर्थिक लाभ लिएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई एक्सटर्सन (जबरजस्ती रकम असुली) गरेको अभियोगमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्दले २०८१ साल भदौ महिनामा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ बुलबुले भ्यु होटलमा बोलाई चिनजानका आधारमा सम्बन्ध बनाएकी थिइन् ।

उक्त सम्बन्धपछि चन्दले हनी ट्रयापको जालमा पारेर ‘जबरजस्ती करणीको मुद्दा हालिदिन्छु’ भन्दै सामाजिक सञ्जाल तथा मिडियामा नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै पीडितबाट पटक–पटक गरी कुल १४ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रहरीको दाबी छ ।

घटनाबारे जाहेरी प्राप्त भएलगत्तै अनुसन्धानमा खटिएको टोलीले चन्दलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार चन्दमाथि जबर्जस्ती आर्थिक लाभ लिएको कसूरमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय