latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

मानव सेवा फाउण्डेशनले पशुपतिमा आयोजना गरेको कोटिहोममा परिचालित महांकाल सेवा स्वयंसेवकले डिसी नेपालमा कार्यरत पत्रकार अनिल पोख्रेलमाथि गालीगलौज गर्दै हातपात गरेका छन्।

आइतबार दिउँसो एलिना चौहानको फोटो तथा भिडियो खिच्न गएका पत्रकार पोखरेललाई फोटो तथा भिडियो नखिच्न भन्दै स्वयंसेवकले कुटपिट गरेको चलचित्र पत्रकार संघ, नेपालले जनाएको छ। संघका अनुसार कुटपिटबाट पोखरेलको नाथ्री फुटेको छ।

आइतबार संघका महासचिव रघुनाथ सापकोटाले जारी गरेको विज्ञप्तिमा पोखरेलमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘फोटो खिच्ने क्रममा कार्यक्रममा परिचालित स्वयमसेवकहरूले अनिललाई बन्द कोठामा लगेर हातपात गरेको पत्रकार पोख्रेल तथा प्रत्यक्षदर्शीले भनेका छन्।’

संघले प्रेसमाथिको आक्रमण बन्द गर्न आग्रह प्रेसविरोधी घटनामा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न समेत ध्यानाकर्षण गराएको छ।

आइतबार नै कोटिहोममा अन्य दुई युट्युबरमाथि हातपात भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय