
दाङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बलात्कार आरोपमा ३८ वर्षका बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो । गएको असार ३० गते राति १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोमा गएको शनिबार प्रहरीले घरैबाट पक्राउ गरेको हो ।
आरोपीको श्रीमती र छोरा भारतमा रोजगारीको सिलसिलामा गएको बेला बाबुले कुकर्मको काम गरेको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेका छ ।