latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता डा. शेखर कोइरालाबीच केपी ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन्।

शेखरसँगै हिजो प्रचण्ड भेट्न खुमलटार पुगेका नेता सिंहले नयाँ ध्रुवीकरणको गृहकार्य अघि बढिरहेको जिकिर गरे। उनले भने, ‘देशमा अहिले नयाँ ध्रुवीकरणको आवश्यकता छ। त्यो बुझेर नै नयाँ ध्रुवीकरण भइरहेको छ।’

उनले कांग्रेस एमाले गठबन्धन ढालेर कांग्रेस नेता कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको दाबी गरे। उनले भने, ‘प्रचण्ड, शेखर कोइरालासहित विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहन्छ। त्यसको लागि सबै सकारात्मक ढङ्गले वार्ता अघि बढेको छ।’

उनले आज शेखरले यही विषयमा केन्द्रित रहेर कुराकानी भएको जिकिर गरे। उनले भने, ‘यो सरकार चरम भ्रष्टाचारमा डुबेको छ। मन्त्रीहरूको घुस लिएको अडिओ सार्वजनिक भइरहेको छ। अडिओ सार्वजनिक हुँदा समेत मन्त्रीहरू सरकारमा बसिरहेका छन्। यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’

उनले यो सरकारको भण्डाफोर गर्दै अर्को समीकरण बनाउने निष्कर्षमा पुगेको सुनाए। उनले आफूहरूले नयाँ समीकरणको लागि आवश्यक सङ्ख्या ध्यान दिएर नै गृहकार्य अघि बढेको जिकिर गरे।

हिजो प्रचण्डलाई भेटेका शेखरले आज पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेका थिए। तर, कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नयाँ समीकरणबारे कुनै छलफल नभएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय