latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

विशेष अदालतले ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरु दुबैजनालाई ६/६ महिना कैद सजाय फैसला गरेको हो । अब दुबैजनाले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउनुपर्नेछ ।


उनीहरुले घुस लिएको रकम समेत जफत हुने फैसला भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

विशेष अदालतले दुबैजनाबाट ६/६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ ।एक शिक्षकको पेन्सनपट्टा बनाउने क्रममा शाखा अधिकृत प्रसाईंले क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरेर ३ लाख रुपैयाँ घुस लिएका थिए । विशेष अदालतले धनेश्वरले घुस लिएको ठहर गर्दै न्यौपानेलाई पनि उनले घुस लिने काममा प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

त्यो घटनामा घुस माग्न सहजीकरण गरेको आरोप खेपेकी कार्यालय सहयोगी भवानी अधिकारीलाई भने विशेष अदालतले सफाई दिएको छ ।

कार्यालय सहयोगी कर्मचारीले पेन्सनपट्टा बनाउने काममा कुनै हैसियत नराख्ने भन्दै विशेष अदालतले ‘उनको ओहोदासँग सम्बन्धित काम नभएको’ भन्ने आधारमा सफाई दिएको हो ।

आफूसँग शाखा अधिकृत प्रसाईंले घुस मागेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए ।

तर विशेष अदालतमा बकपत्र गर्दा उनले शाखा अधिकृत प्रसाईंले घुस मागेको बताए पनि कार्यालय सहयोगी अधिकारीको कुनै भूमिका नभएको भनी जिकिर गरेका थिए ।

अदालतमा गएर बयान फेरेको भन्दै अख्तियारले घुस दिएको आरोपमा शिक्षक भट्टराईमाथि पनि भ्रष्टाचारमुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई पनि सफाई दिएको हो ।

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय