latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले लुइसियाना जनाएको छ।

घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ। कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो।

लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए। उक्त कारमा यादवसहित चार जना सवार थिए। प्रहरीका अनुसार, होन्डा गाडी सडकभन्दा बाहिर पुगेर रूखमा ठोक्किएको थियो।

कारमा सवार अन्य दुई जनालाई भने उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय