latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि ऋणको व्यवस्था गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्।

यो ऋण लिनका लागि धितो अनिवार्य हुने छैन, जसले गर्दा रोजगारीका लागि विदेश जान चाहने तर आर्थिक अभाव भएका युवाहरूलाई ठूलो राहत मिल्ने सरकारको विश्वास छ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाले धितो लिएर वा नलिईकनै प्रवाह गर्ने ३ लाख रुपैयाँसम्मको कर्जालाई अब ‘विपन्न वर्ग कर्जा’मा गणना गर्न सकिनेछ। महिलाको हकमा भने यो सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्‍याइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विना धितो ऋणको व्यवस्था गरेको हो। विगतमा धेरै युवाहरूले विदेश जान लाग्ने टिकट, भिसा र अन्य खर्च जुटाउन चर्को ब्याजमा साहुसँग ऋण लिनुपर्ने वा जायजेथा धितो राख्नुपर्ने बाध्यता थियो।

यो नयाँ व्यवस्थाले त्यस्तो बाध्यतालाई अन्त्य गरी औपचारिक बैंकिङ प्रणालीबाटै सस्तो र सहज रूपमा ऋण लिन सहयोग पुग्ने श्रम मन्त्रालयको विश्वास छ। महिलाहरूका लागि बढाइएको ऋण सीमाले उनीहरूलाई वैदेशिक रोजगारीमा जान थप प्रोत्साहन मिल्नेछ।

श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू चर्को ब्याजदरमा ऋण लिन बाध्य हुने गरेको बताउँदै सरकारले बैंकमार्फत ऋण दिने व्यवस्था गरिएको बताएका छन्।

त्यसका लागि मन्त्रालयले कार्यविधि बनाउने प्रक्रिया अगाडि बढाएको छ। त्यसरी ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाहरूले उक्त ऋण रकम विदेशमा काम गर्दै तिर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय