latest
लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||    माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||    फेसबुकमा चरित्र हत्या गरेको आरोपमा नयाँ बानेश्वरबाट बाघ पक्राउ  ||    सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||   
बिहिबार , असार २६, २०८२

सपना बोकेका थिए—श्रीमतीको भविष्य बनाउने । त्यसैले लोकसेवा आयोगको परीक्षा दिन बुटवल पुगेकी श्रीमतीलाई साथ दिन गएका थिए पाल्पाको रामपुर नगरपालिका–६ पोखराका जनक भण्डारी । सँगैको यात्रामा शिद्धबाबा मन्दिर दर्शन पनि गरे, फर्कँदै थिए—तर जीवनको अन्तिम मोडमा ।

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा मंगलबार साँझ सवारीसाधनमाथि पहिरो खस्यो । सोही पहिरोमा परे जनक भण्डारी । उनी चढेको मोटरसाइकललाई माथिबाट आएको पहिरोले लछार्दै करिब ३५ मिटर तल तान्यो ।


लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार भण्डारी दम्पती सोही पहिरोमा परेका थिए । मोटरसाइकल र कल्पनालाई सडकमै अडिए पनि जनकलाई भने पहिरोसहित झरेको ढुंगाले उछिट्ट्याउँदै सडकदेखि ३५ मिटर तल तिनाउ खोलाको पहरोमा पुर्‍याएको थियो।

स्थानीय र सुरक्षाकर्मीले उद्धार गरे, तत्काल अस्पताल पुर्‍याए—तर बचाउन सकिएन । ३६ वर्षीय जनकको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

भण्डारी परिवारमा बुधबार वार्षिक पुण्य तिथिको काम हुँदै थियो । जनकका बाजे गत वर्ष निधन भएका विमल भण्डारीको वार्षिक पुण्य तिथिको लागि टाढा टाढाका आफन्त र पाहुनाहरू मंगलबार साँझ नै ताल पोखरा आइसकेका थिए ।

घरपरिवार र आफन्तहरू विमलको वार्षिकीमा गर्ने किरिया कर्महरूको तयारीमा जुटिरहेका थिए । तर बाजेको पुण्यतिथिमा रहेको भण्डारी परिवार जनकको निधनले थप शोकमा परेको छ ।

जनककी श्रीमती केही समयदेखि लोकसेवा तयारी गर्दै थिइन् । उनलाई साथ दिँदै बुटवल गएका जनकले सायद कल्पना गरेका थिएनन् कि उनी फर्कंदा चिता बन्नेछन् । ‘उहाँले श्रीमतीको करियरका लागि आफ्नै काम छाडेर सघाउने निर्णय गर्नुभएको थियो ।’ जनकका एक आफन्तले भावविह्वल हुँदै भने ।]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय