latest
लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||    माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||    फेसबुकमा चरित्र हत्या गरेको आरोपमा नयाँ बानेश्वरबाट बाघ पक्राउ  ||    सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||   
बिहिबार , असार २६, २०८२

काठमाडौं । झापामा आफ्नो कोठामा आएका व्यक्तिकी श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा एक युवतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राईको आफ्नै कोठामा हत्या गरिएको हो ।

गएराती अर्जुनधारा ८ मै डेरा गरि बस्ने रमेश भुसाल गंगाको कोठामा आएको बताइएको छ । यो कुरा थाहा पाएपछि रमेशकी श्रीमती ३२ वर्षकी सुस्मिता भुसालले मान्छे जम्मा गरेर गंगाको कोठामा पुगेर उनलाई कुटपिट गरेकी थिइन् । सुस्मिताले आफ्नो छिमेकमा बस्ने ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान सवा १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय