latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

“चलचित्र ‘माग्ने राजा’ मा माग्ने बुढाले ६१ लाख पारिश्रमिक लिए भन्ने चर्चाले केही दिनदेखि नेपाली सिने क्षेत्र तातेको छ। तर, कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ स्वयंले उक्त दाबीलाई असत्य र प्रचारका लागि गरिएको ‘स्टन्ट’ भएको खुलासा गरेका छन्।”

“चलचित्रका निर्देशक ऋषि लामिछानेले सार्वजनिकरूपमा माग्ने बुढालाई ५१ लाख रकम दिइसकेको र बाँकी १० लाख फिल्म चलेपछि दिने बताउँदै, उनी १ करोड डिजर्भ गर्ने कलाकार भएको समेत बताएका थिए।”

“तर, माग्ने बुढाले ती सबै दाबीहरू असत्य भएको भन्दै भनेका छन्— ‘त्यो पारिश्रमिक लिनु पनि ठीक होइन, र त्यसको प्रचार गर्नु पनि गलत हो।'”

“चलचित्रका निर्माता मुनाल घिमिरे र निर्देशक लामिछानेको सल्लाहमा ‘हाइप’ बनाउने उद्देश्यले यस्तो हल्ला फैलाइएको बताइएको छ। माग्ने बुढाका अनुसार, प्रचारकै लागि निर्माताले यस्तो कथा बुनेका थिए, ताकि भदौ ६ गते रिलिज हुने चलचित्रप्रति दर्शकको चासो बढोस्।”

“तर, प्रचार उल्टो पर्‍यो। माग्ने बुढाले धेरै पारिश्रमिक लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि, उनी आफैंले खुलस्त पार्नु परेको हो।”

“पारिश्रमिकको ठ्याक्कै रकम नखुलाए पनि, निर्माण पक्षले माग्ने बुढाले ३५ लाख रुपैयाँमा चलचित्र साइन गरेको जानकारी दिएको छ। साथै, चलचित्र सफल भएमा थप इन्सेन्टिभ दिने सहमति समेत भएको बुझिएको छ।”

“यसअघि पनि माग्ने बुढाको नाम जोडिएर ५० लाखसम्म पारिश्रमिकको चर्चा ‘कँगारु’ र ‘माइतीघर’जस्ता प्रोजेक्टहरूमा भइसकेको थियो। तर, तीमध्ये केही चलचित्र निर्माणमै अड्किए भने केही असफल पनि भए।”

“माग्ने बुढा अहिले ‘माग्ने राजा’का साथै ‘माइतीघर’ र ‘जेरी अन टप’ मा काम गरिरहेका छन्। ‘छक्का पञ्जा’ टिमबाहेकको उनको यो दोस्रो फिल्म हो। चलचित्रमा मिहिनेत गरेको भन्दै उनले दर्शकलाई निराश नहुन अनुरोध गरेका छन्।”

“‘माग्ने राजा’ को टिजर युट्युबमा सार्वजनिक भइसकेको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चलचित्र भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय