latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

नेपाली अनलाईन पत्रिका, भोजपुर ।

भोजपुरको धोध्लेखानी बोन्थिताङकि १५ वर्षीया मनिषा गिरी – अझै विद्यालयको पोशाकमै सुहाउने उमेरकी बालिका, अझै खेलौना मुटुमा राख्ने उमेरकी बालिका जसलाई भाम्राङका ३० वर्षका राजेन्द्र राईले मन पराए। मन पराउनु त सामान्य थियो होला, तर राजेन्द्रको चाहना विवाह गर्ने थियो ।

किनकि उनल्लई पहिलो श्रीमतीले छोडेकी थिइन् ।श्रीमतीले छोडेपछि एक्लै परेका राई उनले मनिषालाई विवाहको प्रस्ताव गरे — बाबुआमासँग गएर भने, “छोरी मलाई दिनुहोस्, म संसार देखाउँछु।”तर १५ वर्षकी छोरीलाई विवाह दिन बाबुआमा तयार भएनन्। आखिर एकटी बच्चीलाई के थाहा गृहस्थी के हो?

मनिषाका बाबुआमाले “छोरी अझै बच्चा हो,” भन्दै विवाहमा अस्वीकार गरे। तर राजेन्द्रले हार मानेनन्। उनले मनिषालाई भगाएर लगे। मायाको नाममा उसले एउटा किशोरीको बालपन चोरे। भोजपुर नगरपालिका–२, हेलाउँछमा रहेको आफ्नै घरमा उनी लिएर गएका थिए।

शुरुका केही दिन सायद सपना जस्तै लाग्यो होला मनिषालाई। तर सपना चाँडै दुःस्वप्न बन्यो। एउटी किशोरीलाई नयाँ घर, अपरिचित मान्छेहरू, अनि श्रीमान् बनेका एक हिंस्रक पुरुषसँग दिन बिताउनु सजिलो थिएन। शारीरिक, मानसिक यातनाको पहाड थेग्न नसकेर, उनी अन्ततः थकित, चुपचाप, छातीभित्र बौलाएको आँधी लिए माइती फर्किइन्।

राजेन्द्रले यसलाई अपमान ठाने। राजेन्द्र क्रुद्ध भए। उनका मनमा रिस, पीडा, र प्रतिशोधको आगो सल्किन थाल्यो। उनलाई लाग्यो, “उसले मलाई धोका दिई।”“माया त मैले गरेँ, उसले किन फर्की?”
यस्तै भावनामा जलिरहेका थिए उनी।

आफ्नै मनको चोट लिएर उनी १५ दिनअघि ससुराली आइपुगे । गाउँलेहरू भन्छन्, उनले केही दिनदेखि “सबैलाई रातमा मारेर जान्छु” भनेर धम्की दिएका थिए।
तर यस्तो कुरा गाउँलेले गफै ठाने। कसैले पनि गम्भीरताका साथ लिएन। आखिर यस्तो कुरा त रिसमा मानिसले भन्छ, हो?

रातको १२:३० बजे, जब गाउँ निदाएको थियो, आकाशमा जुनको शीतलो उज्यालोले सिस्नुको झारमाथि ओसारिएको थियो जब सबै निद्रामा थिए, त्यतिबेला राजेन्द्र उठे। हातमा धारिलो खुकुरी थियो।

सबभन्दा पहिले आफ्नी किशोरी पत्नीमाथि झम्टिए।

त्यसपछि सासू मञ्जु, ससुरा बेलबहादुर र १० वर्षीय सालोलाई पनि नराम्रोसँग काटे।

रगतले भिजेको त्यो घर अब कहिल्यै पहिलेको जस्तो हुने छैन।

सबैलाई एकैछिनमा सिध्याका राजेन्द्रले। त्यसपछि — सायद पापको भारले, सायद घृणाले — उनले आफैँमाथि खुकुरी प्रहार गरे।

रगतले लथपथ, होस र बेहोसको बीचमा, उनले मोबाइल उठाए —
प्रहरीलाई फोन गरे

बिहान भाले बाँस्नुअघि, गाउँ रोएको थियो। प्रहरी बिहान ३:३० बजे पुगे। तबसम्म चारवटा ज्यान गइसकेका थिए। घटनास्थलमा गाउँलेहरू जम्मा भइसकेका थिए—कोही स्तब्ध, कोही आँसुमा।
कसैले कल्पना पनि नगरेको थिए, त्यो सानो गाउँमा यति ठूलो बर्बादी आइपुग्ला।

यो घटना केवल एक परिवारको विनाश होइन, यो चेतावनी हो—समाजमा भइरहेका नाबालिग विवाह, महिला हिंसा, र मानसिक स्वास्थ्यको उपेक्षा कति खतरनाक मोडमा पुग्न सक्छ भन्ने। मनिषाको चिच्याहट आज थामिएको छ, तर यसको प्रतिध्वनि लामो समयसम्म समाजमा गुञ्जिरहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय