latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

काठमाडौं |श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको सरकारी गाडी हराएको भन्दै गृह मन्त्रालयमा चिठी पठाइएको घटनाले नयाँ मोड लिएको छ। चिठी पठाएको दुई दिनपछि गाडी मन्त्रालयमै फेला परेको छ।

गाडी हराएको र फेला परेको घटनामा लोसपा अध्यक्ष महन्थ ठाकुर र मन्त्री शरतसिंह भण्डारीको नाम जोडिँदा मन्त्रालयभित्रको राजनीतिक तनाव पनि सतहमा आएको देखिएको छ।

मन्त्रालयका एक उपसचिवका अनुसार, उक्त गाडी श्रममन्त्री शरतसिंह भण्डारीले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रयोग गर्न दिएका थिए। ठाकुरले गाडी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको दाबी गरिएको छ।

श्रम मन्त्रालयका प्रवक्ता डण्डु घिमिरेले गाडी हराएको चिठी पठाएको कुरा सत्य भएको तर कसले प्रयोग गर्‍यो भन्नेबारे आफूलाई थाहा नभएको बताए। स्रोतका अनुसार, गृहमा चिठी लेखेपछि ठाकुरका सहयोगीहरूले गाडी मन्त्रालयमा बुझाएका थिए।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले गाडी हराएको विषयमा सोधपुछ गरेपछि गृहलाई चिठी लेख्न लगाएका थिए। स्रोतका अनुसार, मन्त्री भण्डारी र सचिव पुष्करबिच मनमुटावका कारण सचिवले ठाकुरले गाडी प्रयोग गरेको थाहा हुँदाहुँदै पनि खोजतलासका लागि चिठी लेखेका थिए।

लोसपा महासचिव डा. सुरेन्द्र झाले भने गाडी अध्यक्ष ठाकुरले कहिलेकाहीं प्रयोग गर्ने गरेको र एक महिनाअघि नै मन्त्रालयमा बुझाइसकेको दाबी गरेका छन्। यद्यपि, अर्का उपसचिवले गाडी गृहलाई चिठी लेखेपछि मात्र आएको र ठाकुरकी छोरीले प्रयोग गर्ने गरेको बताएका छन्।

यो घटनाले सरकारी स्रोतसाधनको दुरुपयोग र मन्त्रालयभित्रको आन्तरिक किचलोलाई उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय