latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

भोजपुर |भोजपुरको रामप्रसाद गाउँपालिका–२, धोद्लेखानीमा गएराती भएको एक भयानक घटनामा धारिलो हतियार प्रहार गरी एकै परिवारका चार जना सामूहिक हत्या भएको छ। आफ्नै ससुरालीमा यो जघन्य अपराध गर्ने ज्वाइँ राजेन्द्र राई आफैँ पनि गम्भीर घाइते अवस्थामा छन्।

प्रहरीका अनुसार, घटना शुक्रबार राति करिब १ बजे भएको हो।हत्या हुनेमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र ९ वर्षीय छोरा सपन गिरी रहेका छन्।

चारै जनाको शव आइतबार बिहान फेला परेको हो।

कसरी भयो घटना? राजेन्द्रको बयान के छ?
प्रहरीका अनुसार राजेन्द्रको पेटमा २-३ ठाउँमा छुरीको चोट लागेको छ। भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गर्ने तयारी भइरहेको छ। प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा राजेन्द्रले भनेका छन्, “राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरिन्। ब्युँझिँदा हातमा छुरी देखेँ। त्यही छुरी खोसेर सबैलाई मारेँ।”

गएराति करिब १ बजेतिर यो घटना घटेको हो। राजेन्द्रले आफ्ना ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र ९ वर्षका सालो सपन गिरीको हत्या गरेका हुन्। यो भयानक कार्य गरेपछि उनले हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गर्दै भनेका थिए, “मैले चार जनालाई छुरी हानेर आएको छु। शायद मरिसके होलान्।”

प्रेम सम्बन्ध र पारिवारिक विवादको जड
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग यो दोस्रो विवाह हो। श्रेष्ठले भनेका छन्, “पहिलेकी श्रीमतीले छाडेकी रहिछन्। उनीहरूबीच प्रेम सम्बन्ध भएर केही महिनाअघि भगाएर ल्याएको बुझिएको छ।”

भोजपुर नगरपालिका-२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि मनिषाकी आमाले उनलाई फर्काएर ल्याएको बताइएको छ। एक महिनादेखि मनिषा माइतीमै थिइन्। राजेन्द्र ४-५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए, तर मनिषाका बुबाआमाले छोरीको उमेर नपुगेको भन्दै उनलाई लैजान दिएका थिएनन्।

प्रहरी परिचालन र अनुसन्धान जारी
घटनालगत्तै प्रहरी टोली रातिदेखि नै बिहानैदेखि घटनास्थलमा परिचालन गरिएको छ। चारै जनाको शवको मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि भोजपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले भोजपुरमा ठूलो सनसनी र शोक छाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय