latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा देशभर हस्ताक्षर संकलन अभियान चलिरहेका बेला नेकपा (एमाले)का नेता महेश बस्नेतले तीव्र आपत्ति जनाएका छन्।

नेता बस्नेतले सार्वजनिक रूपमा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नु निन्दनीय भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भने, “राजनीतिक समर्थन र विरोध हुनु स्वाभाविक हो, तर बालबालिकालाई त्यसमा घसीनु अमानवीय र आपत्तिजनक हो।”

नेता बस्नेतले बालबालिकालाई सडक प्रदर्शन, नाराबाजी वा हस्ताक्षर अभियानमा प्रयोग गर्नुले राजनीतिक संस्कृतिमा विकृति ल्याउने खतरा भएको भन्दै जिम्मेवार रहन सबैलाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, “राजनीतिमा असहमति स्वाभाविक हो, तर त्यसका लागि बालमस्तिष्कलाई प्रयोग गर्नु हाम्रो समाज र प्रणाली दुवैका लागि घातक हो। यो गैरकानुनी मात्रै होइन, नैतिक पतन पनि हो।”

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय छl

बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रबि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलायर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ। यस्तो हर्कतले न केवल बाल अधिकारको उल्लंघन गर्छ, बरु समाजमा गलत सन्देश दिन्छ।

अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्। सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो।

कानुनको शासन र बालअधिकारको संरक्षण सधैं पहिलो प्राथमिकता हुनुपर्छl यसमा सम्झौता हुनु हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय