जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादव विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका छन्।प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रहरीका अनुसार यो घटना अनुसन्धानकै चरणमा रहेकोले यसबारे थप विवरण सार्वजनिक गरिएको छैन।


सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई फोनमा गालीगलौज र अपशब्द प्रयोग गरेको आरोपमा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटना बाहिर आएको थियो। अडियोमा यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ र ‘मधेशमा लुट्न आएको’ जस्ता गम्भीर आरोप लगाएको सुनिन्छ।

जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले भने प्रहरी प्रमुखले नै माफी माग्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय