latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

जाजरकोट — जाजरकोट जिल्लाको डिभिजन वन कार्यालय परिसरभित्रै रक्सीपाटी गरिएको खुलासा भएको छ । डिभिजन वन कार्यालयका प्रमुख कार्यालय प्रमुख अमर प्रसाद शाहकै कार्यकक्षमा मदिरा सेवन गर्दै रक्सी पार्टी चलेको भिडियो बाहिरिएको हो।

कार्यालय समयपछि वन कार्यालय परिसरभित्र केही व्यक्तिहरूले रक्सी सेवन गर्दै भोजभतेर गरेको दृश्य सार्वजनिक भएको हो।

सार्वजनिक भएको भिडियोमा कार्यालय प्रमुख कार्यालय प्रमुख अमर प्रसाद शाहसहित कर्मचारी र अन्य केही व्यक्तिहरू रक्सी पिउँदै गरेको देखिन्छन्। कार्यालयको महत्त्वपूर्ण कागजातहरू राखिएको दराज र फाइलहरू नजिकै रक्सीका बोतल र गिलासहरू छरपष्ट देखिन्छन्। यो घटना गत जेठ २९ गते राति भएको बताइएको छ।

शाहले कार्यालयभित्रै सुरक्षाका उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी र नेताहरूलाई संस्थाको कार्यक्रम भनेर संस्थाको कोहि पनि मान्छे भित्र नभएको अवस्थामा रात्रिभोज र रक्सी पार्टीको आयोजना गरेका थिए ।

डिभिजन वन कार्यालय प्रमुखले भने कार्यालयभित्र रक्सी पार्टी भएको स्वीकार गरेका छन्।

सरकारी कार्यालयभित्रै रक्सीपाटीजस्तो गैरजिम्मेवार गतिविधि हुनु न केवल कानुनी रूपमा आपत्तिजनक हो, यो सार्वजनिक सेवाप्रतिको आस्थामा पनि गम्भीर प्रहार हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय