latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

गत असार ५ गते दिनदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेश स्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत अन्दाजी २९ वर्षीय हिमबहादुर विष्टको शव शुक्रबार भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर २ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कबिहीन भएका थिए ।

यसअघि, उनले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

खोजतलासकै क्रममा शुक्रबार बराहाताल गाउँपालिका वडा नम्बर ४, साजघाटस्थित भेरी नदी किनारमा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक बुढथापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय