latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दको नाम लामो समयदेखि ‘गली ब्वाई’ फेम अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको छ । यसैबीच दुवैको ब्रेकअप भएको सुनिएको छ ।

दुबै लामो समयदेखि सँगै देखिएनन् । यसबाहेक दुवैले सामाजिक सञ्जालमा पनि एकअर्कासँग दूरी कायम गरेका छन् ।

बलिउड हंगामाको रिपोर्ट अनुसार नव्या र सिद्धान्त औपचारिक रुपमा अलग भइसकेका छन् । तर, ब्रेकअपपछि पनि दुवै जना असल साथी बनेका छन् । फ्यानहरूले सामाजिक सञ्जालमा पनि यी दुईबीचको दूरी देखेका छन् ।

पहिले दुवैले इन्स्टाग्राममा एकअर्काको पोष्ट लाईक गर्थे तर अहिले त्यस्तो छैन ।

उनीहरुको डेटिङको चर्चा त्यतिबेला सुरु भएको थियो, जब दुबै जना धेरै कार्यक्रममा सँगै देखिएका थिए । दुबैजना बिदा मनाउन ऋषिकेश गएका थिए र त्यहाँको फोटो पनि सेयर गरेका थिए । दुबै एकअर्काको घरमा हुने पार्टीमा पनि सँगै देखिएका थिए ।

कामको कुरा गर्दा सिद्धान्त अन्तिम पटक नेटफ्लिक्समा रिलिज भएको ‘खो गए हम कहाँ’ मा देखिएका थिए । आगामी दिनमा उनी ‘धडक २’ मा देखिनेछन् । यसमा उनको विपरित ‘एनिमल’ फेम तृप्ति डिमरी हुनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय