latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

अमेरिकी वयस्क चलचित्र अभिनेत्री काइली पेज जुन २५ मा लस एन्जलसको आफ्नो निवासमा मृत फेला परेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । रिपोर्टका अनुसार करिब १ साताको अनुसन्धानपछि प्रहरीले उनको मृत्युको आधिकारिक जानकारी दिँदै उनको मृत्युको कारण खुलासा गरेको छ ।

टिएमजेडको रिपोर्टअनुसार काइलीको मृत्युको कारण लागूऔषधको ओभरडोज भएको कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन् । रिपोर्टअनुसार सुरक्षाकर्मीले उनको अपार्टमेन्टमा फरक फरक व्यक्तिसँग यौनजन्य गतिविधिका फोटोहरू, लागूऔषध फेन्टानिलसहित लागूऔषध सेवनमा प्रयोग हुने सामानहरू फेला पारेका छन् ।

काइलीलाई पोर्नोग्राफी उद्योगको अन्वेषण गर्ने नेटफ्लिक्स श्रृंखलामा पनि देखाइएको थियो। उनी २८ वर्षकी थिइन् । लस एन्जलस काउन्टी मेडिकल परीक्षकको कार्यालयले उनको मृत्युको पुष्टि गरेको छ । ओक्लाहोमाको तुलसामा जन्मिएकी काइलीले २०१६ मा वयस्क मनोरञ्जन उद्योगमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनी २०० भन्दा बढी चलचित्रहरूमा देखा परिसकेकी छिन्।

२०१७ मा वयस्क मनोरञ्जन उद्योगमा काम गर्ने युवा पुरुष र महिलाहरूको जीवनमा केन्द्रित नेटफ्लिक्स श्रृंखला हट गर्ल्स वान्टेड: टर्न्ड अनमा देखा परेपछि उनले व्यापक रूपमा ध्यान आकर्षित गरिन्। यो श्रृंखलामा काइली पेजले लागूपदार्थको दुरुपयोग सहित आफ्ना अनुभव र संघर्षहरूको बारेमा खुलेर कुरा गरेकी थिइन्।

काइली पेजको परिवारले अन्त्येष्टि खर्च बेहोर्न र उनको अवशेष ओक्लाहोमा घर ल्याउन आर्थिक कोष सङ्कलन सुरु गरेको छ। “उनी एक अत्यन्तै माया गर्ने छोरी थिइन्, कहिल्यै नछोड्ने बहिनी थिइन्, र सधैं साथ दिने साथी थिइन्,” परिवारले सुरु गरेको गोफण्डमी पोस्टमा लेखिएको छ। यो समाचार तयार पार्दासम्म गोफणडमीमा उनको लागि १४ हजार डलर जम्मा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय