latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

धनुषाको नेपाल-भारत सीमा क्षेत्रमा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ। तस्करीको सामान नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरीको टोलीमाथि तस्करहरूको समूहले संगठित रूपमा आक्रमण गर्दा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रुग्यास र चार राउन्ड हवाई फायर गरेको छ ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार, जिल्लाको विदेह नगरपालिका-२, वैदेही दुहबीस्थित एक आँपको बगैँचामा भारतबाट तस्करी गरी ल्याइएका सामान लुकाइएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको ३० जनाको टोली त्यसतर्फ परिचालन गरिएको थियो ।

साँझ करिब ७ बजे प्रहरी टोली उक्त स्थानमा पुग्नासाथ घरेलु हतियार, लाठी र ढुंगामुढासहित तयारी अवस्थामा रहेका तस्करहरूले एक्कासी आक्रमण गरेका थिए । ‘सूचनाका आधारमा हामी सामान बरामद गर्न गएका थियौं, तर तस्करहरूले उल्टै हाम्रो टोलीमाथि संगठित रूपमा हमला गरे,’ एसपी खड्काले भने, ‘अप्रत्याशित आक्रमणपछि आत्मरक्षा र स्थितिलाई नियन्त्रण बाहिर जान नदिन बल प्रयोग गर्नुपर्‍यो ।’

तस्करहरूको आक्रमणबाट घाइते भएका ६ जना सशस्त्र प्रहरी जवानहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भिडन्तमा एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को खुट्टामा भालाले प्रहार गरेका थिए । अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ ।

प्रहरीले जवाफी कारबाही सुरु गरेपछि तस्करहरू तितरबितर भएका थिए । घटनामा संलग्नहरूको पहिचान गरी खोजी कार्य तीव्र पारिएको र तस्करीको सामानबारे पनि थप अनुसन्धान भइरहेको जिल्ला सशस्त्र प्रहरी बल, धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय