सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशनको अवज्ञा गरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन् ।

१६ दिनअघि, असार ३ गते मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए, तर मन्त्री चौधरीले सार्वजनिक रूपमा मुख्यमन्त्रीलाई चुनौती दिँदै ‘सक्ने भए बर्खास्त गर्नुहोस्’ भनेका थिए ।


चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्, २०८० को जेठ ४ गते मन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको संयुक्त सरकारमा एमाले र नागरिक उन्मुक्तिको समावेश छ । चौधरीको बर्खास्ती पछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हाल्ने निर्णय गरेका छन् ।

यता पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकार बाट फिर्ता हुने तयारी गरिएको संरक्षक रेशम चौधरीले बताए ।

आज सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो । चौधरीले बताए आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय