latest
नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त  ||    पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण नभएको भन्दै सफाइ दिने अदालतको फैसला  ||    खुस्कियो यी मन्त्रीको कुर्सि  ||    रास्वपाका यी नेताले गरे पार्टीकै बदनाम, बौद्धको घटनाले पुगे प्रहरी खोरमा  ||    गोमालाई सित्तैमा एमबीबीएससम्म पढाइदिने मनकारी व्यक्ति को हुन् ?  ||    चिनिया पुरुष अनि नेपाली युवती ललितपुरमा घर भाडामा लिएर गर्थे यस्तो धन्दा  ||    रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए  ||    यी हुन् एलिनालाई कमेन्ट गर्दा पक्राउ परेका कबि गुन्जन राई  ||   
शुक्रबार , असार २०, २०८२

इँटाभट्टाको खलामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिए ।


गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिएका छन् ।

यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहेका छन् । त्यही सूचीमा गोमा पनि थपिएकी हुन् ।

गोमाले चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी थिइन् । उनी बिहान बेलुका इँटा सुकाउने काम थिइन् । कामको साथमा स्कुल पनि पढिरहेकी गोमा ४ जीपीए ल्याएपछि चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय