latest
गोमालाई सित्तैमा एमबीबीएससम्म पढाइदिने मनकारी व्यक्ति को हुन् ?  ||    चिनिया पुरुष अनि नेपाली युवती ललितपुरमा घर भाडामा लिएर गर्थे यस्तो धन्दा  ||    रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए  ||    यी हुन् एलिनालाई कमेन्ट गर्दा पक्राउ परेका कबि गुन्जन राई  ||    झापामा घट्यो दुखद घटना, उनले विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए  ||    एलिनालाई गाली गर्ने चितवका युवकले बनाएका रहेछन ४०/५० वटा फेसबुक आईडी  ||    तातोपानीबाट छिर्यो हेलिकप्टर, साढे ४ करोड तिर्नु पर्ने  ||    Breaking: गायिका एलिना चौहानलाई फेसबुकमा कमेन्ट गर्ने युवक पक्राउ, खुल्यो यस्तो रहस्य  ||   
बिहिबार , असार १९, २०८२

जापानको टोकियोमा चर्चित बेसबल खेलाडी ओहतानी शोहेईको नाम र फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी खोली ८० वर्षीया वृद्धाबाट १० लाख येन (साढे नौ लाख रुपैयाँ बढी) ठगी गरेको आरोपमा नेपाली बाबुछोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४४ वर्षीय बुबा र २६ वर्षीय छोरा रहेका छन् । उनीहरूलाई जापान प्रहरीले २४ जुनमा पक्राउ गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यम निप्पोन न्युज २४ जापानले उल्लेख गरेका छन् ।


प्रहरीका अनुसार उनीहरूले सुरुमा ओहतानीको तस्बिर प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाएर वृद्धालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि ‘लाइन’ एपमार्फत पनि सम्पर्क गर्दै आफूलाई ओहतानीको रूपमा चिनाएका थिए ।

मेसेजमार्फत वृद्धालाई ‘म विश्वकै उत्कृष्ट खेलाडी हुँ । मेरो बीमा शुल्क धेरै छ । म करोडौं येन प्रिमियम तिर्छु, तर त्यो पर्याप्त छैन । कृपया मेरो लागि १० लाख येन सहयोग गर्नुहोस्’ भन्दै अनुरोध गरेका थिए ।

विश्वास जित्नका लागि उनीहरूले वृद्धालाई ‘म टोकियो आउँछु र सबै रकम फिर्ता गर्छु’ भन्ने आश्वासन समेत दिएको जापानी मिडियाले जनाएका छन् । त्यसपछि २६ वर्षीय छोराले वृद्धाको अपार्टमेन्टमै पुगेर १० लाख येन नगद बुझेका थिए ।

उनीहरूले वृद्धाबाट थप रकम ठगी गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार पक्राउ परेका बाबुछोराले आफूमाथि लागेको ठगीको आरोप स्वीकार गरिसकेका छन् ।

वार्षिक १५.१ अर्ब येन आम्दानी भएका ओहतानीले १० लाख येन सहयोग माग्नु अस्वाभाविक देखिएको भन्दै पीडित वृद्धाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय