latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले हिजाे धम्बोझी चोकबाट पक्राउ गरेको छ ।

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेकाे सीआइबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो ।

‘बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, सूचना अधिकारी रहनुभएका खड्काले भन्नुभयो । २०६६ सालदेखि २०७५ सम्म बैंकको अध्यक्ष रहनुभएका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्थ्यो ।

स्वतन्त्र राजनीतिक समूहबाट उहाँ सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित हुनुभएको थियो । पछि उहाँ एमाले प्रवेश गर्नुभएको थियो ।

मिश्रसँगै ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

कर्णाली विकास बैंकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय