
गाउँको विद्यालय नजिकै खानेपानी आयोजनाको काम गरेर साँझ ४ जना पदमको घरमा पुग्छन् । घटनाको अघिल्लो दिन उनीहरूले स्थानीय स्वास्थ्य चौकीबाट कन्डम किनेका थिए ।
१० गते बालिकाका ठुलोबुवाका छोरा निमाले उनलाई टिकटक हेर्न भन्दै योजनाअनुसार नै घरमै लगेर मोबाइल दिन्छन् । घरमा निशाकी दिदी रिया र भिनाजु थिए । बुवा पदम घरमा थिएनन् ।
मोबाइल दिँदै नामग्यालले भनेका थिए, ‘चार्ज गरेर टिकटक हेर्नु ।’ गाउँमा बिजुली थिएन । तर, पदम बहादुरको घरमा चार्ज गर्ने ब्याट्री थियो ।
सोही मोबाइलमा साथीको मोबाइलबाट फोन गरेर मकैबारीमा बोलाउँछन् । ‘मकैबारीमा पाँचजना मदिरा पिएर बसेका थिए, बालिका त्यहाँ पुगेपछि सुरुमा उनलाई चुरोट किन्न पठाए ‘चुरोट लिएर आएपछि तिनै दावाले सुरुमा किशोरीलाई बलात्कार गरे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘त्यसपछि घाँटी थिचेर हत्या गरेको देखिन्छ ।’ घाँटीमा सल पनि बेरेको भेटिएको छ ।
किशोरीको बाहिरी कपडा मकैबारीमा र केही पर भित्री कपडा भेटिएको छ । मृतक कक्षा ७ मा मार्मिङ माबिमा पढ्दै थिइन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्या उनकै आफन्तहरूबाट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।
असार १० मा राति ९ बजेतिर घरबाट बोलाएर आरोपीहरूले घरभन्दा ४ सय मिटर माथिको मकैबारीमा बलात्कार गरेर हत्या गरेका हुन् । हत्या गरेपछि छ्यादिखोला जङ्गलमा भिरालो ठाउँबाट शव फ्याकेर आरोपीहरू घर फर्केको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
परिवारका सदस्यहरूले निशाको शव भिरमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरे । सिन्धुपाल्चोकका एसपी कार्कीले अनुसन्धानमा सहयोग लिन काठमाडौँबाट कुकुर झिकाए । कुकुर घटनास्थलमा पुगुन्जेलसम्म हत्यामा संलग्नहरू घटनास्थल वरिपरि घुमिरहे । हत्यामा संलग्न मध्येका निमा तेन्जिङ तामाङले अनुसन्धान अधिकृतहरूलाई हत्या गरिएको मकैबारी र शव फ्याकेको ठाउँ देखाउँदै भने, ‘मकैबारीमा हत्या गरेर भिरबाट फालेको हुनुपर्छ ।’
घटनाको ‘काल्पनिक व्याख्या’ गरेपछि अनुसन्धान अधिकृतहरूले उनलाई शङ्का गरेर निगरानी गरिरहे । काठमाडौँबाट कुकुर झिकाएपछि निमाले घरबाट कपडा फेरेर निस्किए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘तालिम प्राप्त कुकुर मगाएपछि निमा कपडा फेरेर निस्किए ।’
नेपाल प्रहरी केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेत दुई वटा तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगे । तालिम प्राप्त ‘टाइगर’ र ‘रोज’लाई सिन्धुपाल्चोक पठाइएको केनाइन कार्यालयका एसपी डा. रामचन्द्र सत्यालले रातोपाटीलाई बताए ।
जर्मन सेफर्ड जातको टाइगर निमाको घर वरिपरि घुम्न थाल्यो । उनलाई गाउँमा नविन भनेर चिन्छन् । निमाले अघिल्लो रात लगाएको कपडा घरको एउटा कुनामा राखेका रहेछन् । त्यसपछि अनुसन्धान अधिकृतहरूले निमालाई पक्राउ गरे । त्यसअघि घटनाको काल्पनिक व्याख्या गर्ने निमाले वास्तविकता खुलाउँदै भने, ‘५ जना मिलेर हत्या गरेका हौँ ।’
निशाको हत्यामा संलग्न आरोपीलाई सङ्केत गर्ने ‘टाइगर’ ३ वर्ष देखी अपराध अनुसन्धानमा संलग्न छ । निमाको बयानको आधारमा अरू ४ जनालाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
मृतक किशोरी पदम बहादुरकी छोरी हुन् । हत्यामा संलग्न आरोपीहरू उनका आफन्त पर्छन् । अनुसन्धानमा संलग्न अधिकृतहरू भन्छन्, ‘निमा सबैभन्दा नजिकको आफन्त पर्छन् ।’