latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

कोरोना संक्रमणबाट नेपालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचार सुरु गर्नु अघिनै बिहान करिब ६ बजे उनको मृत्यु भएको राईले जानकारी दिए।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय