
चलचित्र निर्देशक नारायण पुरी र चलचित्र सम्पादक शिव पुरीलाई मातृ शोक परेको छ । उनीहरुकाे आमा चन्द्रकला पुरीको ८६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
चन्द्रकला केही सयदेखि बिमार रहेकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
नारायणले नेपाली चलचित्र क्षेत्रका लागि थुप्रै हिट फिल्म दिएका छन् । शिव नेपाल चलचित्र प्राविधिक सङ्घका पूर्व कोषाध्यक्ष र फिल्मका चर्चित सम्पादक हुन् ।