latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

भिजिट भिसा प्रकरणमा सरकारले नै छानबिन समिति बनाउने तयारी गरेको छ। एक मन्त्रीका अनुसार सम्भवत: आज सोमबार बस्ने मन्त्रिपरषद् बैठकबाटै छानबिन समिति गठनको निर्णय गर्ने हुनेछ।

‘आज बस्ने क्याबिनेट बैठकबाटै छानबिन समिति बनाउने तयारी जानकारी पाएको छु,’ ती मन्त्रीले भने।

यसअघि असार ५ गते सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेताबीच भएको छलफलमा समिति बनाउने सहमति भएको थियो। नेताहरूका अनुसार उच्चस्तरीय छानबिन बनाउने तयारी छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका केही अधिकारी, मन्त्रालयका कर्मचारी जोडिएको भन्दै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टीलगायत दलले छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

तर, माओवादी र एमालेबीच जेठ ३० गते २ बुँदे सहमति भएपछि माओवादीले संसद्‌मा अवरोध गर्न छोडेको थियो। यद्यपि, रास्वपा र राप्रपाले अझै पनि छानबिन समितिको माग गर्दै संसद् अवरोध र बहिष्कार गरिरहेका छन्। रास्वपाले उच्चस्तरीय वा, न्यायिक वा संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय