latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ । गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई कारण देखाउँदै पाकिस्तान सरकारले यस्तो घोषणा गरेको हो ।

एक्स (पूर्व ट्विटर) मा पाकिस्तान सरकारले भनेको छ, ‘हालैको भारत–पाकिस्तान संकटका बेला ट्रम्पको निर्णायक कूटनीतिक हस्तक्षेप र महत्वपूर्ण नेतृत्वलाई सम्मान दिँदै उनलाई नोबेल शान्ति पुरस्कार दिनु उपयुक्त हुन्छ ।’

भारतले भने गत महिनाको द्वन्द्व अन्त्य गर्न अमेरिका मध्यस्थकर्ताको भूमिकामा रहेको भन्ने दाबी अस्वीकार गर्दै आएको छ । भारतले तेस्रो पक्षबाट कूटनीतिक हस्तक्षेप नचाहेको स्पष्ट पारेको छ ।

ट्रम्पले यसअघि पनि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबरमा हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसअघि सन् २०१८, सन् २०२० र सन् २०२३ मा नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका थिए । तर पुरस्कार भने पाएका छैनन् ।

हालसम्म अमेरिकाका चार जना पूर्वराष्ट्रपतिहरुले विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार पाएका छन् ।

सन् १९०६ मा थियोडोर रुजबेल्टले, सन् १९१९ मा उड्रो विल्सनले, सन् २००२ मा जिम्मी कार्टरले र सन् २००९ मा बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय