
काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ। आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए।
रास्वपाका पुरुष सांसदहरु आज कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्। त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे।
त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन्। राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएपछि अति न्यून संख्यामा देखिएका नेपाली कांग्रेसका केही सांसदहरुपनि कुर्सी मै बस्न लजाएका छन् । एमालेका भने सत्ता आफ्नै हो झै बसेको देखिन्थ्यो ।