latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सम्भवतः नेपालकै सबैभन्दा लोकप्रिय राजनीतिक नेताका रूपमा उल्लेख गरेका छन् ।

एक भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा बोल्दै उनले बालेनले नेपाली युवामाझ आशाको केन्द्रको रूपमा स्थान बनाएको बताएका हुन् ।

‘बालेन साह जो काठमाडौंका मेयर हुन्, उनी र्‍यापर हुन्,’ रेले भने, ‘सम्भवतः आजको मितिमा उनी नेपालकै सबैभन्दा लोकप्रिय राजनेताको रूपमा रहेका छन्।’

नेपालको राजनीतिक नेतृत्व पुराना पुस्ताका नेताहरूले कब्जा गर्दै आएको उल्लेख गर्दै रेले त्यसले युवामा व्यापक निराशा जन्माएको टिप्पणी गरे। उनका अनुसार ४–५ पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरूको पुनरावृत्तिले युवा पुस्तामा नयाँ अपेक्षा गर्ने ठाउँ घटेको छ।

‘नेपालमा अधिकांश युवा छन् तर पुरानै नेताहरूले शासन गर्दै आएका छन्,’ उनले भने, ‘युवा पुस्तालाई कुनै नयाँ दिशा वा दृष्टिकोण दिन नसक्ने नेतृत्वले उनीहरूलाई निराश बनाएको छ।’

त्यसै सन्दर्भमा रेले बालेनजस्ता नेताको उदयलाई नयाँ आशाको सङ्केतका रूपमा देखेका छन्। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता र यसको प्रभावकारितालाई पनि जोड दिए। ‘रास्वपा त्यस्तै नयाँ शक्ति हो जुन युवामाझ लोकप्रिय छ,’ उनले भने, ‘यसमा राजवादी धारा बोकेको राप्रपाको भूमिका पनि देखिन्छ।’

यस्तै उनले नेपालमा अत्यधिक भ्रष्टाचारका कारण युवाहरू निराश र आक्रोशित भएको बताए । नेपालमा बढ्दो भ्रष्टाचारले युवामाझ आक्रोश बढाएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय