latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

१३ वर्षीया नाबालिकालाई भारतीय रुपैयाँ ३ लाखमा बिक्री गरी जबरजस्ती विवाह गराइएको घटना सार्वजनिक भएको छ। घटना पर्सा जिल्लाको पोखरिया नगरपालिकास्थित एक गाउँमा घटेको हो ।

गाउँलेहरूका अनुसार जेठ २४ गते भारतको बिहार, सुगौली नजिकैको सुधाव टोलका एक ५० वर्षीय पुरुषसँग बालिकाको दोस्रो विवाह गराइएको थियो । स्थानीयले बताएअनुसार ती पुरुषले यसअघि आफ्नो पहिलो पत्नीको ज्यान लिएको र अर्की नाबालिकाको पनि जीवन बर्बाद पारेको पृष्ठभूमि छ।

बालिकाका हजुरबुवाले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्दै बालबिवाह, मानव बेचबिखन र बेमेल विवाहबारे निष्पक्ष छानबिनको माग गरेका छन्। तर बालिकाका बाबुआमा भने गरिबीको कारण यस्तो निर्णय लिएको भन्दै गाउँमा स्पष्टिकरण दिइरहेका छन्।

भारतीय दुलहाको पोखरियामा केही नातेदार रहेको र उनीहरूकै माध्यमबाट यो सम्पूर्ण कार्य भएको खुलेको छ।

यसबारेमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले घटनाको पुष्टि गर्दै मातहत प्रहरी यूनिटलाई आवश्यक अनुसन्धानका लागि निर्देशन दिइसकेको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

नाबालिगमाथिको यस्तो अमानवीय क्रियाकलापप्रति मानव अधिकारकर्मीहरूले कडा विरोध जनाएका छन् र दोषीलाई कडा कानुनी सजायको माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय