latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

मङ्गलवार राति अवतरण भएको एयर अरेबियाको उडानमा दुबईबाट आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानीबाट उक्त सुन बरामद भएको हो ।

५३ वर्षीया खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रहरीले उनको मलद्वारमा सुन रहेको आशंका गर्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पटक पटकको प्राविधिक जाँचपछि सुन पहिचान भएको उनले बताए ।

मलद्वारभित्र कालो पलास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय