latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वविन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो ।

अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको उनले जानकारी दिए । मञ्जुको शव आज बिहान अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा आँपको रुखमा रविनको शव झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

दुवै जना छिमेकी हुन् । दुवै प्रेममा रहेको बुझिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले बताएका छन् । ‘उनीहरू माया प्रेममा रहेको अनुसन्धानबाट खुलेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘किशोरीको घाँटीमा चिथरेको जस्तो निलडाम देखिएको छ । मायाप्रेममा खटपट भएपछि हत्यापछि आत्महत्या हो किजस्तो देखिन्छ । ’ घटनाबारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर राईले बताए ।

Advertisment
बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमाटमाका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय