latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

तीनकुने घटनाका क्रममा बाटोमा हिडिरहेको समयमा प्रहरीले चलाएको गोली लागेर ढलेकी रेबिका खत्री ७९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।

चैत्र १५ गते राजसंस्थापक्षधरले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुन पुगेपछि प्रहरीले भित्रि गल्लीमा हिडिरहेका सर्वसाधारणमाथि पनि गोली प्रहार गरेको थियो।

त्यस समयमा रेविका र उनका दाई कुमार खत्रीमाथि पनि प्रहरीले गोली चलाएको थियो। कुमार केही समयको उपचारपछि डिस्चार्ज भएका थिए भने रेविका ७९ दिनपछि हिजो सोमबार साँझ डिस्चार्ज भएको दाई कुमारले देशसञ्चारलाई जानकारी दिए।

रेविकालाई पहिले सिभिल अस्पतालमा उपचार गरिएको थियो। त्यसपश्चता केही समय घरमा लगिए पनि फेरि समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।

प्रहरीले चलाएको गोली रेविकाको दाहिने खुट्टामा लागेको थियो। भित्रि नसासमेत गोलीले फुटेपछि उनको १० पटक शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले डिस्चार्ज गरेको दाई कुमारले बताए।

तीनकुने प्रदर्शनकाक्रममा दुई जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय