latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

उच्च अदालत पाटन, अदालतले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको आरोपमा रूटिन अफ नेपाल प्रालिका संचालक विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ।

कानुनका विद्यार्थी विवेक चौधरीद्वारा दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदन पछि, उच्च अदालत पाटनले विपक्षीलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

विपक्षी कम्पनीले आफ्नो आधिकारिक टिकटक र इन्टाग्राम खाताबाट समाचार प्रकाशित गर्दै अब ड्राइभिङ लाइसेन्स, मापसे र अरु सबै ट्राफिक चेकिङ्गको बेला ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनेर समाचार प्रशारणा गरेको थियो। तर, अदालतको वास्तविक आदेश यस्तो नभएको निवेदकको दाबी छ।

उच्च अदालत पाटनको सार्वजनिक सरोकारको मुद्दामा गरिएको आदेश अनुसार, कानुनले तोकेको कारबाही बाहेक ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनिएको छ, तर विशेष अवस्थामा निषेध गरिएको छैन।

चौधरीको निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) र १८ (१) उल्लंघन भएको दाबी गरिएको छ। उक्त ऐन अनुसार, अदालतको आदेशको गलत व्याख्या गर्ने कार्य न्यायालयको गरिमा तथा विश्वसनीयतामा प्रत्यक्ष असर पुर्याउने अवहेलनाजन्य कार्य मानिन्छ।

उच्च अदालत पाटनले विपक्षीलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यदि अदालतले विपक्षीलाई दोषी ठहर गरेमा, एक वर्षसम्म कैद वा रु. १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय