latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो ।

बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चोधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पु‍र्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ ।

सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी दुई वटा मुद्दा यसअघि नै दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय