आइतबार , असार १, २०८२

मेचि र राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज भाचिएको छ । ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाचिएको हो ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । पुल भाच्चिदा केहि कामदारहरु घाइते भइएको बताइएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । बर्षाको बाढिले २०८० सालमा पुल बगायो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । पुल भाँचिनकाे कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय