
सिड्नी , यही मंगलबार साँझ पाँच बजेपछि हतियारधारी चोरहरु पसलमा आए । लुटपाट गर्न रोक्दा गरगहना टाउकोमा राखेर ह्यामरले हाने ।
पसलेको ब्रेन सर्जरी गर्नुपर्ने तहको चोट लाग्यो । यो घटना अष्ट्रेलियाको ब्रिसबनको हो । र यसरी पीडित हुने अनुहार हुन् क्विन्सल्याण्डका गिन्पी रोडमा रहेको श्री गणेश ज्वेलरीजका संचालक विजय सुनार ।
उनकी पत्नी सविता सुवर्णकार सुनार पनि घटनाको समयमा पसलमै भएको अष्ट्रेलियाली समाचार पोर्टल सेभेन न्यूजले उल्लेख गरेको छ । चोरहरु पसल लुटपाट गर्न होण्डा सी–आरभी स्टेसन मोडेलको कारमा आएको बताइएको छ ।
त्यो कार पनि आइतबार मात्रै चोरी गरेर प्रयोग गरिएको बताइएको छ । अष्ट्रेलियाली प्रहरीले घटनाको जानकारी गर्न सार्वजनिक आग्रह गरेको छ भने घटनामा जोडिएका कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।